क्यूआर काेडबाट भुक्तानी गर्न गभर्नर अधिकारीको आग्रह
काठमाडौँ माघ १६ । नेपालमा पछिल्लो समय क्यूआर कोडको प्रयोग बढ्दै गएको पाईन्छ । तरकारी तथा फलफूल पसलमा नगद भुक्तानी देखि धार्मिक स्थलहरुमा दान समेत क्यूआर कोड बाट गर्न सकिने व्यवस्ता भईरहेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
पैसाको माध्यमबाट कोभिड–१९ सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले पनि क्यूर कोड प्रयोग उचित रहेनछ । नबिल बैंक लिमिटेडले काठमाण्डाैकाे कुलेश्वरमा रहेकाे थोक फलफूल बिक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताउनुभएको थियो ।