महामारीकै बीच सुरु हुनेभयो चिनियाँ खोप भेरोसेल, कहिले ?
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेठ २ गतेदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप (भेरोसेल) सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।सो कार्यका लागि सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको हो ।