image
image

अक्सिजन उत्पादक भन्छन्; तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखापर्छ

काठमाडौँ । अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा पनि ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । 
कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको अत्याधिक मृत्यु भएको तथा अस्पतालका आइसियू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले भविष्यमा अझै ठूलो समस्या आउन सक्ने आकलन गरेका छन् ।  

अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४सै घन्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए । उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिए ।

उनले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्नेबारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उनले अहिले काठमाडौं उपत्यकामा मात्रै आठवटा प्लान्ट सञ्चालनमा रहेको र दुईवटा प्लान्टहरू मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए ।  अहिले दैनिक झन्डै नौ हजार ग्यास सिलिन्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।