गोरुको मासु बेचबिखनमा संलग्न दुई पक्राउ
काठमाडौँ । गोरुको मासु बेचबिखन गरेको आरोपमा झापाबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटिरहेको अवस्थामा १५ किलो ५०० ग्राम गोरुको मासुसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटिरहेको अवस्थामा १५ किलो ५०० ग्राम गोरुको मासुसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।









