image
image

कालीमाटी तरकारी बजारमा कडाइ

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको भाइरस महामारी बढदो संक्रमणलाई ध्यान दिँदै जोखिम कम गर्न खुद्रा तथा कृषक बजार बन्द गर्ने कालीमाटी फलफल तथा तरकारी बजार बिकास समितिले निर्णय गरेको हो ।

समितिले सुचना निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी बजारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको छ ।

कृषक बजार २८ गते देखि लागू हुने गरि बन्द गरिने, खुद्रा बजार ३० गते देखि लागू हुने गरि बन्द गरिने र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोवार जेठ १ गते देखिबन्द गरिने समितिले जनाएको छ ।

साथै बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गरिने भएको छ । कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड होल्डिंग यार्डमा वसी कारोबार गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।