मोरङका चार अस्पतालमा थप नौ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । मोरङका चारवटा अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार रातिदेखि मंगलबार बिहानसम्ममा नौ जनाले मृत्यु भएको हो।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन र विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको छ।
विराट शिक्षणमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको राति १२.३० बजेतिर मृत्यु भएको छ।
विराट नर्सिङ होममा उपचाररत धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको पनि मंगलबार बिहान ९ बजेतिर मृत्यु भएको छ।
त्यस्तै विराटनगर–१६ का ५२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उनको बिहान ४ बजेतिर मृत्यु भएको हो।
धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। उनको बिहान ४स्३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए।
उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनको बिहान ६स्३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए।
त्यस्तै त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ। केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बिहानका राति १स्३० बजेतिर मृत्यु भएको राजवंशीले बताए।
झापाको दमक न.पा.का–८ की ५६ वर्षीया महिलाको पनि कोसीमै मृत्यु भएको छ। बिहानका राति १२स्१५ बजेतिर उनको मृत्यु भएको हो। राजवंशीकाअनुसार महिलालाई उपचारका लागि वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो।
कोसीमै विराटनगर–१० का ६८ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ। संक्रमित वृद्धाको मृत्यु सोमबार राति १० बजेतिर भएको हो।
त्यस्तै तनहुँका ६० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको छ। उनको सोमबार राति ८ बजेतिर मृत्यु भएको हो। राजवंशीका अनुसार कोरोना संक्रमण देखिएका पुरुषलाई उपचारका लागि वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो।
अस्पतालहरुले दिएको जानकारी अनुसार अत्यन्तै गम्भीर अवस्थामा उपचारका लागि भर्ना गरिएका संक्रमितहरुको आईसीयू र भेन्टिलेटरमा मृत्यु भएको हो। कतिपय मृतकहरुमा मुटु र फोक्सो सम्बन्धीको पुरानै समस्या रहेको थियो। कतिपयमा मधुमेह, उच्चरक्तचापको पुरानै समस्या र शरीरमा अक्सिजनको कमी रहेको पाइएको छ।