image
image

बहराइन राजकुमारको विश्व सर्वोच्च शिखर सगरमाथामा सफल आरेहण

काठमाडौँ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका भनाइ अनुसार मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा राजकुमार खलिफासहितको टोलीले सगरमाथाको चुचुरामा पाइला टेकेको हो ।

आरोहण मार्ग डोरी लगाउने कामी रिता शेर्पासहितको १२ सदस्यीय शेर्पा टोली बाहेक राजकुमार खलिफाको टोली यो सिजन सगरमाथामा पुग्ने पहिलो समूह बनेको छ ।

यो समूहले विगतको भन्दा उचाई बढेको सगरमाथा चढेका हुन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।

यो वर्षको वसन्त यामका लागि पर्यटन विभागले सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ । सन् २०१९ सगरमाथा आरोहणका लागि ३८१ जनालाई विभागले अनुमति दिएको थियो ।

सन् २०१९ यता पहिलोपटक सगरमाथा आरोहणका भइरहेको हो । कोरोना भाइरसको महामारीका कारण गएको वर्ष आरोहण हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।