नेपाल-भारत उडानले काठमाडौंका तारे होटललाई राहत
काठमाडौं माघ १६ । कोरोना भाइरसका कारण भारत लगाएत सबै बाहिरी मूलुकको उडानमा रोक लगाइएको थियो । अहिले कोरोना भाइरस संक्रमण कम भएसँगै नेपाल- भारत को उडान सुचारू हुँदा काठमाडौँका तारे होटेललाइ केहि राहत मिलेको छ ।
राजधानीका पाँचतारे होटलमा यतिखेर १५ प्रतिशतसम्म अकुपेन्सी कायम हुँदै आएको व्यवसायीले जनाएका छन्। यस अघि विभिन्न होटलका इनहाउस रेष्टुरेन्टमा मात्र पाहुनाको आगमन थियो। पछिल्लो समय भारतीय यात्रुको आगमन सुरु भएसँगै सानातिना कार्यक्रम उल्लेख्य रूपमा आयोजना हुन थालेको छ। कोराना त्रास हटेर समय अनकूल नभएसम्म अपेक्षित् व्यवसाय नहुने भए पनि नेपाल- भारत उडानले केहि आशा जगाएको होटेल व्यवसायीहरूको भनाइ छ ।