अहिलेसम्म नभएको विकास आफ्नो पालामा भएको प्रधानमन्त्री केपी ओलीको दाबी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मका सरकारले गर्न नसकेका र नभएको विकास निर्माण आफ्नो सरकारले गरेको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विश्वासको मत लिने सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नयाँ नयाँ बाटाहरु बनाउने सन्दर्भमा, मुलुकलाई सरुङ्ग मार्गको युगमा प्रवेश गराउने सन्दर्भमा होस् या अन्य थुप्रै प्रकारका सुधारका क्रममा सरकार निरन्तर लागि परेको उनको भनाइ छ ।
त्यस्तै सरकारले भौतिक पूर्वाधारको विकास सँगसँगै डिजिटल युगमा प्रवेश गर्ने सन्दर्भमा समेत निकै ठूलो सफलता हासिल गरेको जिकिर गरे । साथै प्रधानमन्त्री ओलीले सभामा उद्योगहरुलाई संरक्षित गर्दै लैजाने, वैदेशिक व्यापार घाटालाई सरकारले पछिल्लो समय सन्तुलन गर्दै लगेको र सामाजिक विकास पूर्वाधारका कुराहरुमा तिब्र सुधारको क्रममा रहेको जानकारी दिए ।
ओलीले पछिल्लो समय कृषिमा समेत तीव्र सुधार भएको दाबी प्रस्तुत गरे । पछिल्लो समय धानमा ९ प्रतिशत, मकैमा ६ प्रतिशत र अन्यमा समेत सालाखाला ६ प्रतिशतले उत्पादन वृद्धि भएको उनले बताए । यता माच्छा मासु तथा दूधमा त नेपाल आत्मनिर्भर नै भइसकेको उनले दाबी प्रस्तुत गरे ।