बंगलादेशले पनि लगायो नेपालसँगको उडानमा प्रतिबन्ध
काठमाडौँ । नेपालमा नयाँ कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिदै गएकाले बंगलादेशले पनि नेपालसँग हुने उडानलाई रोक लगाएको छ । कोरोनाभाइरस फैलने जोखिमलाई रोक्नका लागि बंगलादेशको उड्डयन प्राधिकरणले आइतबार उक्त निर्णय गरेको हो ।
बंगलादेशले जोखिमको आधारमा ए,बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल एमा छ त्यसैले आजदेखि अर्को सूचना जारी नभएसम्म नेपालसँगको उडानलाई रोक लगाउने निर्णय भएको जनाइएको छ । यसअघि जापान र मलेसियाले पनि प्रतिबन्द लगाएको थियो ।