एसियाडको पहिलो स्वर्ण जापानलाई, १३ वर्षीया चिनियाँ पौडीबाजको उत्कृष्ट सुरुवात
असोज २। एसियाली खेलकुदको पहिलो स्वर्ण पदक आयोजक जापानले जितेको छ। पुरुष ट्रायथलनमा जापानका ताकुमी होजोले स्वर्ण जित्दा चीनका झाङ सिआरुई दोस्रो र कजाखस्तानका अरलान झानाबे तेस्रो भएका छन्। प्रतियोगिताको पहिलो दिनमै चीनकी १३ वर्षीया पौडी खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्दै ध्यान आकर्षित गरेकी छन्।









