image
image
राष्ट्रसंघमा उठ्ने भयो गण्डकीको जलवायु एजेन्डा, प्रधानमन्त्रीलाई पठाइयो १५ बुँदे प्रस्ताव

राष्ट्रसंघमा उठ्ने भयो गण्डकीको जलवायु एजेन्डा, प्रधानमन्त्रीलाई पठाइयो १५ बुँदे प्रस्ताव

असोज ४। गण्डकी प्रदेश सरकारले जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न १५ बुँदे जलवायु एजेन्डा तयार गरी प्रधानमन्त्रीमार्फत संयुक्त राष्ट्रसंघमा प्रस्तुत गर्न पठाएको छ। एजेन्डामा हिमाली क्षेत्रको जलवायु न्याय, जलवायु वित्त, अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा पर्वतीय समुदायको संरक्षणलाई प्राथमिकता दिइएको छ।

गण्डकीले जलवायु परिवर्तनबाट नेपालजस्ता न्यून उत्सर्जन गर्ने मुलुकले भोगिरहेका असरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएको छ। प्रदेशमा बाढी, पहिरो, पानीका मुहान सुक्ने, जैविक विविधतामा असर तथा हिमाली पारिस्थितिक प्रणालीमा देखिएका जोखिमसमेत जलवायु नीतिका प्रमुख विषय बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।