एसियाली खेलकुदसँगै नेपालमा खेल क्षेत्रको ठूलो परीक्षा सुरु
असोज २। नागोया एसियाडमा नेपालले २१ खेलमा सहभागिता जनाउँदैछ। नेपाली टोलीमा महिला ५७ र पुरुष ७८ गरी १३५ खेलाडी छन्। बक्सिङ, कबड्डी, कराते, तेक्वान्दो, जुडो, पौडी, एथलेटिक्स, क्रिकेटलगायतका खेलमा नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रिँदैछन्। नेपालले यसपटक स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेर तयारी गरेको थियो।









