परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्कतर्फ, प्रधानमन्त्री बालेन २२ सेप्टेम्बरमा जाने
असोज २। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। उनले महासभाका उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा अमेरिका जाने र प्रधानमन्त्रीले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने तयारी छ।









