image
image

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारमा कोरोना पुष्टि

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजारभन्दा बढीमा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणको कारण ३ हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्यामा अघिल्ला दिनको तुलनामा कमी देखिएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या पनि २ करोड २६ लाख ६२ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ४६ हजार ११६ पुगेको छ ।

कोरोनाको संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले लकडाउनको घोषणा गरेका छन् । लकडाउन गरिएको केही राज्यमा भने विस्तारै संक्रमणमा कमी देखिन थालेको छ । दिल्लीले थप एक साता लकडाउन गर्ने निर्णय गरेको छ । उत्तर प्रदेशले पनि एक साताको लागि लकडाउन लम्ब्याएको छ ।

भारतको जम्मु कश्मीरमा पनि कोरोना कर्फ्यू १७ मे सम्मका लागि बढाइएको छ । भारतको हिमाञ्चल, उत्तराखण्ड, कर्नाटक, तामिलनाडु, गोवा र केरलामा पनि कोरोना संक्रमण नियन्त्रणको लागि सामाजिक विधिमा कडा प्रतिबन्ध वा लकडाउनको घोषणा गरिएको छ । त्यस्तै हरियाणा र राजस्थानमा पनि लकडाउनको घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।