image
image

कोरोनाको हटस्पट  'काठमाडौंमा' मात्रै १ लाख ४४ हजार संक्रमित

काठमाडौं २७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा आइतबार सम्म ३ लाख ९४ हजार ६६७ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख २ हजार ७८७ जना संक्रमण मुक्त भएका छन् । नेपालको यो निको हुने दर ७६ दशमलव ७ प्रतिशत हो ।

हाल देशभर ८८ हजार १६० जना आइसोलेशनमा बसेका छन् भने ४१९ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म २६ लाख ३४ हजार ५०४ जनाको पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौं जिल्लामा मात्रै १ लाख ४४ हजार ९५ संक्रमित रहेको मन्त्रलायले जनाएको छ । संक्रमित मध्ये ८७ हजार १६२ जना पुरुष र ५७ हजार ८३३ जना महिला रहेका छन् ।

त्यस्तै, ललितपरमा २४ हजार २२० जनामा सक्रमण पुष्टि भएको छ । जसमध्ये १३ हजार २४८ जना पुरुष र १० हजार ९२७ जना महिला रहेका छन् । भक्तपुरमा १४ हजार १०३ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये ७ हजार ७५५ जना पुरुष र ६ हजार ३४८ जना महिला संक्रमित रहेका छन् ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।