image
image

डाक्टरबिहीन बन्यो कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र

काठमाडौँ । कोरोना भाइरस महामारी ९कोभिड–१९० सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले बताएको छ ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो । कोरोना सङ्क्रमणका लागि भएका स्वास्थ्यकर्मीसमेतको करार अवधि सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

‘अहिले १० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएका छौँ, १० दिनदेखि डाक्टरको करार सकिएपछि डाक्टरको अभाव छ’, आचार्यले भने, ‘अहिले कोरोना सङ्क्रमित होमआइसोलेसनमा छन्, समस्या परे अक्सिजनसहितको वेड तयारी अवस्थामा छ, एउटा डाक्टर भए निकै सहज हुन्थ्यो, अहिले करार सकिएका डाक्टरलाई नै पुनःनियुक्ति दिनेगरी पहल थालेका छौँ ।’

तत्काल आइसोलेसन खाली भए पनि सामान्य सङ्क्रमित राख्दा जटिल आएमा समस्या हुने भएकाले अक्सिजन तथा उपचार आवश्यक सङ्क्रमितलाई मात्रै आइसोलेसनमा भर्ना गर्ने तयारीमा रहेको आचार्यको भनाइ छ ।

नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भए पनि डाक्टरको अभाव रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।