प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । एमालेको माधवकुमार नेपाल समूहले संसदमा अनुपस्थित हुने निर्णय गरेपछि ओलीले विश्वासको मत नपाउने निश्चित भएको हो ।
सोमबार बिहान सिंहदरबारमा बसेको माधव पक्षको सांसदको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ । कुल २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । त्यसमा वरिष्ठ नेता नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ ।