image
image

बाग्लुङ बलेवामा  नेपालकै पहिलो स्काइ चियर निर्माण

काठमाडौँ । पर्वत एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ।

काली गण्डकी खोँच माथिको स्काइ चियरमा बसेर कुश्मा बजार, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ । पर्यटकले स्काइ चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सकिने छ। 

विद्यमान निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काइ चियर खुला गरिने बताइएको छ । एक पटकमा दुई जना बस्न मिल्ने स्काइ चियर नदीबाट २ सय ५० मिटर अग्लो भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । 

स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कार्कीले बताए । रिपोर्ट परिसरमै हाइ रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ । स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो हुने बताइएको छ । 

साथै रिसोर्टमै भगवान् पाइलाको निर्माण भइरहेको छ। जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन् । पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाइमा रहने बताइएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।