image
image

यी हुन् अमेरिकामा गोलीकाण्डमा मारिएका र घाइते नेपाली

काठमाडौँ । अमेरिकाको मेरिल्याण्ड राज्यमा सनिबार एक नेपाली मारिएका छन् । मेरिल्याण्डको बाल्टिमोरमा एक व्यक्तिले अचानक गोली प्रहार गर्दा एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो । उक्त घटनामा मारिएका नेपाली युवा संखुवासभा खादवारी नगरपालिका ६, तल्लो पांठाका करिव २५ वर्षका सागर घिमिरे हुन् । 

गोलीकाण्डमा ज्यामृत्यु भएकामध्ये घिमिरे सहित दुई स्पेनी नागरिक रहेका छन् भने अर्का एकजनाको प्रहरीले पहिचान खुलाएको छैन ।

छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका पुगेका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर पुगेका थिए । बाल्टिमोरमा भएको केहि काम सकेर घिमिरे छिट्टै नेपाल फर्किने योजनामा थिए ।

प्रहरीको भनाइ अनुसार एक जना मानसिक सन्तुलन गुमाएका ५६ वर्षीय एभर्टन नामका व्यक्तिले एक घरमा आगो लागाएका थिए अनि बाहिर भाग्ने क्रममा अन्धाधुन्द गोली चलाइएको थिए ।  घटनास्थलमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउने क्रममा एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भएको थियो ।

आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे। 

उक्त घटनामा सर्लाही घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको छ । घाइते अधिकारीको यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर अस्‍पतालमा उपचार भइरहेको छ । 

उनिहरु आगो लागेको घरसँगै बस्थे । शनिबार बिहान सुतिरहेको बेलामा एक्कासी ठूला ठूला आवाज आउन थालेपछि श्याम ब्युँझिएका थिए । घाइते श्यामले दिएको जानकारी अनुसार आफ्नै कोठामा सुतिरहेका सागरलाई उठाएर बाहिर भाग्ने क्रममा घटना भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।