एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी गराए अनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको हो।एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी भएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट सुरु गर्ने तालिका थियो।
आज बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरस महामारीको संक्रमित संख्या दिनप्रतिदिन सर्वाधिक रुपमा वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो। गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने नभएको अध्यक्ष पौडेलले जनाएका छन्।
अध्यक्ष पौडेलका अनुसार कोरोना भाइरस महामारी कम भएपछि परीक्षा नै गर्ने हो तर गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यो पटक परीक्षा नहुने बताएका छन् ।