नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशनल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताएका हुन्। कृष्ण भट्टराईका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा खनाल अस्पतालमै रहनु हुनेछ ।
सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।