image
image

अक्सिजन सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठामाडौ । चीन सरकारले अनुदानस्वरुप दिने ४०० थान अक्सिजन सिलिन्डर लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी चीनको राजधानी बेइजिङ जाने भएको छ। निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले राती साढे ११ बजे चीनतर्फ उड्ने बताइन्। उक्त विमान ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर लिएर भोली २ बजेर ३५ मिनेटमा नेपाल फर्किने छ। चीनले हिजै एयरपोर्टमा उक्त सामान ल्याएर राखिसकेको छ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै अक्सिजन सिलिन्डरको अभाव भएपछि चीनले सहयोगस्वरुप उक्त भेन्टिलेटर र सिलिन्डर दिएको हो । योबाहेक चीनले सहयोगस्वरुप नै दिएको अन्य स्वास्थ्य सामाग्री अर्को साता तातोपानी नाकामा आइपुग्ने परराष्ट्र मन्त्रालयले बताएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।