नयाँ दिल्लीमा ओराले लाग्दै कोरोना संक्रमण
काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा कोरोना ‘पिक’मा पुगेर ओरालो लाग्न थालेको छ। आइतबार संक्रमणमा मात्रै नभएर मृत्युदर पनि घटेको छ। दैनिक २० हजार नाघेको दिल्लीमा हिजो १३,३३६ जना नयाँ संक्रमित थपिएको थियो। मृत्यु हुनेको संख्या २७३ थियो। यो आँकडा अप्रिल १६ पछिको कम हो। संक्रमण दर ३६.२०९अप्रिल २२० प्रतिशतबाट आइतबार २१.६७ प्रतिशतमा ओर्लिएको छ। दिल्ली सरकारले कोरोनाका बिरामीलाई उपचारका लागि नयाँ व्यवस्थासमेत गरेको छ।









