image
image

भक्तपुरका मिठाइमा रङको प्रयोग

भादगाउँ, २६ वैशाख : कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञाका बीच पनि बजार अनुगमनलाई निरन्तरता दिएको भक्तपुर नगरपालिकाको बजार अनुगमन समितिले आज मिठाई पसलहरुको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको समितिले आज कमलविनायक र च्याम्हसिंह क्षेत्रमा रहेका मिठाई पसलहरुको अनुगमन गरेको हो ।


मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने औंसी पर्वलाई लक्षित गरी मिठाई पसलहरुको अनुगमन गरिएको संयोजक गोराले बताए । अनुगमनका क्रममा म्याद नाघेको लड्डुु तथा मिठाईमा राख्ने रङ, विभिन्न मिठाईहरूमा बढी मात्रामा रङ राखेको पाइएकाले त्यस्ता मिठाईहरू जफत् गरी नष्ट गरिएको उनले जानकारी दिए ।

सो अवसरमा मिठाई पसल सञ्चालकलाई मिठाई बनाउँदा जनस्वास्थ्यको ख्याल गर्न, गुणस्तरीय मिठाई उत्पादन गर्न, सरसफाइमा ध्यान दिन साथै खाद्य तथा गुण नियन्त्रण विभागको स्वीकृतबमोजिम मात्र रङहरूको मात्रा राख्न सुझाव दिएको संयोजक गोराले बताए । अनुगमनमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, भक्तपुर उद्योग वाणिज्य सङ्घ, प्रहरी र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।