दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १८ दशमलव ५६ अंक घटेको छ । कारोबारको अन्तिम अवधिसम्म नेप्से परिसूचक २ हजार ६१८ दशमलव ५६ विन्दुमा झरेको हो ।
त्यस्तै आज २१९ कम्पनीको १ करोड २७ लाख २८ हजार १२५ सेयर ७५ हजार ४६ पटक कारोबार हुँदा ६ अर्ब १४ करोड ८९लाख ६६ हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूह घटेर रातो भएका छन् । त्यस्तै आज रुरु र समता घरेलु लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्टिक लागेको छ ।









