नयाँ संक्रमित बिरामीलाई ओम अस्पतालले भर्ना नलिने
काठमाडौँ । कोरोना भाइरस महामारीका ९कोभिड –१९० बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोरोना संक्रमितका नयाँ बिरामी भर्ना लिन नसक्ने बताएको छ ।
अस्पतालले कोभिड बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति भएपनि अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाएको छ । अक्सिजनको आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् संचालन गर्ने पनि अस्पतालले जनाएको छ ।