image
image

चिनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो 

काठमाडौँ । चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार अप्रिल २९ मा प्रक्षेपण गरिएको रकेट अनियन्त्रित भएको थियो ।

उक्त रकेट चीनको स्थानीय समयअनुसार आइतबार १०ः२४ मा पृथ्वीमा वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो र बाँकी रहेको भाग माल्दिभ्सको पश्चिमी क्षेत्रमा खसेको हो । उक्त रकेट अन्तरिक्षमा स्पेस स्टेसन निर्माणको लागि महत्वपूर्ण मोड्युल पृथ्वीको तल्लो कक्षमा पुर्‍याउने उद्देश्यका साथ प्रक्षेपण गरिएको थियो ।

 चिनियाँ रकेट पृथ्वीमा खसेको विषयमा अमेरिकाले चीनलाई जिम्मेवार नबनेको आरोप लगाएको छ । अमेरिकी रक्षामन्त्री लोयड औस्टिनले चीनले रकेट प्रक्षेपणको क्रममा लापरबाही गरेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।