दिल्लीमा एक साता थपियो लकडाउन
काठमाडौं । भारतको राजधानी दिल्लीमा थप एक साताका लागि लकडाउन थपिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएकोले बढाउने निर्णय गरेको बताएका छन् ।
यो लकडाउन १७ मेसम्म जारी रहने बताईएको छ । गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।
यो लकडाउन १७ मेसम्म जारी रहने बताईएको छ । गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।









