image
image
एनपीएलमा आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच एलिमिनेटर भिडन्त

एनपीएलमा आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच एलिमिनेटर भिडन्त

मंसिर ३। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ। लिग चरणमा काठमाडौं गोर्खाज चार जित र तीन हारसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द भएपछि चौथो स्थानमा पुगेको थियो। यसअघि नोभेम्बर ९ मा भएको खेलमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो। आजको एलिमिनेटरमा विजयी हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।