काठमाडौं उपत्यकामा मासु परीक्षण र गुणस्तरको छाप लगाउन सुरु
मंसिर ३। सरकारले काठमाडौं उपत्यकामा मासुको स्वच्छता, गुणस्तर र उपभोग्य सुरक्षा सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा ल्याएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले मंसिर २ गतेदेखि उपत्यकाका विभिन्न स्थानमा मासु परीक्षण गरी खानयोग्य मासुमा आधिकारिक छाप लगाउने व्यवस्था सुरु गरेको हो। पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरिएको छ। पहिलो दिन मात्रै करिब २० हजार कुखुरा, सात राँगा र दुई खसीको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा करिब २४० जना पशु चिकित्सक परिचालन गरिएको छ। यस व्यवस्थाले उपभोक्ताले स्वच्छ र सुरक्षित मासु प्राप्त गर्ने अपेक्षा गरिएको छ।









