image
image
सरकारले चालु आर्थिक वर्षमा १ हजार ५८० अर्ब राजस्व उठाउने लक्ष्य

सरकारले चालु आर्थिक वर्षमा १ हजार ५८० अर्ब राजस्व उठाउने लक्ष्य

मंसिर ३। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा एक हजार ५८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने सरकारी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन, कर प्रणालीमा सुधार तथा सरकार र निजी क्षेत्रबीचको समन्वयबाट लक्ष्य हासिल गर्न सकिने बताएका हुन्। सरकारले गत आर्थिक वर्षमा करिब एक हजार २५० अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। यस वर्ष उक्त रकममा करिब २७ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखिएको छ। मन्त्री वाग्लेले आगामी एकदेखि दुई साताभित्र ३० देखि ३५ वटा नयाँ आर्थिक सुधार कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन्। कर नीतिमा स्थिरता, व्यवसायमैत्री वातावरण र कर प्रशासनको आधुनिकीकरणलाई प्राथमिकता दिइने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।