image
image
तनहुँमा बोटे समुदायको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा

तनहुँमा बोटे समुदायको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा

मंसिर ३। नदी किनारको बालुवा चालेर सुनका कण सङ्कलन गर्दै पुस्तौँदेखि जीविकोपार्जन गर्दै आएको बोटे समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ। व्यास नगरपालिका क्षेत्रका बोटे परिवारले नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, आधुनिक मेसिनको प्रयोग र सङ्कलित सुनको उचित मूल्य नपाउँदा आफ्नो आम्दानीको मुख्य स्रोत गुमाउँदै गएका छन्। विगतमा अनुकूल अवस्थामा एक व्यक्तिले वैशाखसम्ममा एकदेखि डेढ तोलासम्म सुन सङ्कलन गर्न सक्ने भए पनि पछिल्लो समय नदीमा सुनयुक्त बालुवा कम हुँदै गएको स्थानीयको भनाइ छ। व्यास नगरपालिका–१० को बोटेगाउँसहित विभिन्न क्षेत्रमा करिब ३२ परिवार जाडोयाममा नदी किनारमा अस्थायी बास बनाएर सुन खोज्ने काममा लाग्ने गरेका छन्। परम्परागत सीप र संस्कृतिको संरक्षण गर्दै पर्यटन तथा वैकल्पिक रोजगारीसँग जोड्नुपर्ने आवश्यकता स्थानीयले औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।