image
image
राप्ती नदी संरक्षणका लागि १२१ किलोमिटर क्षेत्रमा सरसफाइ अभियान

राप्ती नदी संरक्षणका लागि १२१ किलोमिटर क्षेत्रमा सरसफाइ अभियान

मंसिर ३। राप्ती नदीको संरक्षण, सरसफाइ तथा जलचर र वन्यजन्तुको बासस्थान जोगाउने उद्देश्यले मकवानपुरको भीमफेदीदेखि चितवनको घोलाघाटसम्म सरसफाइ अभियान सुरु गरिएको छ। चौथो राप्ती नदी दिवस २०२६ को अवसरमा आयोजित अभियानअन्तर्गत नदी किनारका एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। करिब १२१ किलोमिटर लामो नदी क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा स्थानीय तह, वन कार्यालय, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्था र वातावरण संरक्षणकर्मी सहभागी भएका छन्। हेटौँडास्थित राप्ती पुल क्षेत्रमा मात्रै एक ट्र्याक्टरभन्दा बढी फोहोर सङ्कलन गरिएको आयोजकले जनाएको छ। नदीमा बढ्दो प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र जलीय जैविक विविधताको संरक्षण अभियानको मुख्य उद्देश्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।