image
image

कोरोना संक्रमितका लागि बिएण्डसीमा थप दुई सय शय्या सञ्चालनमा 

काठमाडौँ । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ।

प्रदेश १. प्रदेश २ सहित देशका अन्य भागबाट हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्‍याउनेक्रम बढेपछि अस्पतालले श्यया थप गरेको हो।

सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शय्या सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।विज्ञप्तिमा भनिएको छ ‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । 

मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जानकारी गराएको छ।

अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो। पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी  हाल ९०० श्यया रहेको छ।

अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष ९आइसियू० तथा अक्सिजनको अभाव नरहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।