९ महिनमा २८ अर्बको तरकारी नेपाल भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न देशबाट २८ अर्ब बराबरको तरकारी नेपाल भित्रिएको छ । सोही अवधिमा नेपालबाट ५० करोड रूपैयाँ बराबरको मात्र तरकारी अन्य मुलुक निर्यात भएको छ ।
यो नौं महिनामा तरकारी आयातमा मात्र २७ अर्ब ५६ करोड ३७ लाख ११ हजार रूपैयाँ व्यापार घाटा भएको छ भने भारतलगायत मुलुकबाट करिब २३ करोड केजी आलु नेपालमा भित्रिएको छ ।
नेपाल तथ्याङ्क विभागको आकाडा अनुसार नौ महिनामा भारतबाट मात्रै २१ करोड ४२ लाख ४६ हजार ६९९ केजी आलु नेपाल भित्रिएको छ । यस्तै बंगलादेशबाट पनि १ करोड ३५ लाख ७५ हजार केजी आलु नेपाल भित्रिएको छ । आलुमा नेपालबाट करिब ७ अर्ब रूपैयाँ बाहिरिएको छ । आलु आयातमा ५४ करोड १३ लाख ९४ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
प्याज खरिदमा ३ अर्ब ४३ करोड ३२ लाख २१ हजार रूपैयाँ बाहिरिएको छ । जसमा ३१ करोड ४६ लाख राजश्व संकलन भएको छ ।
सोही अवधिमा चीन र भारतबाट हरियो र सुकेको लसुन एक करोड १७ लाख केजी आयात भएको छ । लसुन भने भारतको तुलनामा चीनबाट बढी भित्रिन्छ । लसुनका लागि नेपालले नौं महिनामा एक अर्ब २८ करोड रुपैयाँ खर्चिएको छ ।
हरियो तरकारी ९ महिनामा सबैभन्दा धेरै काउली नेपाल भित्रिएको छ । सो अवधिमा काउलीमात्र २१ लाख केजी आयात भएको छ । भेडे खुर्सानी २० लाख केजी, फर्सी १८ लाख केजी, सुख्खा खालका तरकारी सरदरमा ७२ लाख केजी नेपाल भित्रिएको छ । यसैगरी, गाजर, मुला, सलगम, बन्दाकोपी, मुला, काक्रो १७ लाख ११ हजार १८७ केजी, हरियो केराउ ८ लाख ८० हजार केजी आयात भएको छ । ५ लाख केजी च्याउ भित्रिँदा भारतमा ८ करोड ६० लाख ३४ हजार रूपैयाँ बाहिरिएको छ ।
कृषि प्रधान देश भनेको छ । तरकारीमा मात्रै वर्षमा अर्बौं रूपैयाँ बाहिर पठाइरहेका छौं । हाम्रो राज्यले आफ्नो प्राथमिकता ठम्याउन नै सकेन । नौं महिनामा २८ अर्ब रूपैयाँ बाहिरियो हामीले ५० करोडको पनि तरकारी पनि पठाउन नसक्नु कत्ति लज्जासपद छ,’ उनी भन्छन् यस्तै हुँदे जाने हो भने कुनै दिन भारतले तरकारी र चामल नै पठाएन भने हामी भोकभोकै हुने छौं । खानेकुरा जो आफैं उत्पादन गर्न सक्छौं त्यसका लागि पनि हामी परनिर्भर हुँदै गएका छौं ।’