image
image
गोदावरी फूल प्रदर्शनीबाट एक करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार

गोदावरी फूल प्रदर्शनीबाट एक करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार

कार्तिक २०। ललितपुरको जावलाखेलमा आयोजना गरिएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीबाट एक करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनी बुधबार सम्पन्न भएको हो।

प्रदर्शनीको अन्तिम दिन मात्रै ६ हजार ५८१ जनाले अवलोकन गरेका थिए भने उक्त दिन २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ।

प्रदर्शनीको पहिलो दिन ८ हजार ९००, दोस्रो दिन ४ हजार २००, तेस्रो दिन १० हजार ७००, चौथो दिन ७ हजार २५० र पाँचौँ दिन ६ हजार ७५६ जनाले अवलोकन गरेका थिए।

प्रतिकूल मौसमका बाबजुद पनि प्रदर्शनीमा दर्शकको उपस्थिति र कारोबार अपेक्षाअनुसार भएको मेला संयोजक सुमन महर्जनले बताएका छन्।

प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य मौसमी फूलहरूको प्रदर्शन र बिक्री गरिएको थियो। समापन कार्यक्रममा सहभागी पुष्प व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

यस प्रदर्शनीले नेपालमा पुष्प व्यवसायको सम्भावना, स्थानीय उत्पादनको बजार विस्तार र व्यावसायिक फूल खेतीप्रतिको आकर्षणलाई थप उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।