यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे
कार्तिक १९। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष २०८३ सालको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस वर्ष भाइटीका कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार उक्त समय भाइटीकाका लागि उत्तम साइतका रूपमा निर्धारण गरिएको हो। भाइटीकाका दिन टीका लगाउँदा दिदीबहिनी पूर्व फर्किएर र दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्ने पनि समितिले जनाएको छ।
यस वर्ष कात्तिक २० गतेदेखि यमपञ्चक सुरु हुनेछ भने कात्तिक २५ गते भाइटीकासँगै तिहार पर्व समापन हुनेछ।









