image
image
दीपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतका मिसिल

दीपक भट्टको मुद्दामा सर्वोच्चले माग्यो विशेष र उच्च अदालतका मिसिल

कार्तिक २०। सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रमाण मिसिल विशेष अदालत काठमाडौंसँग माग गरेको छ। त्यसैगरी बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश दिएको छ।

दीपक भट्टका तर्फबाट गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

भट्टमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्रसम्बन्धी कसुर तथा विदेशी विनिमयसम्बन्धी कसुरको आरोपमा अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढाइएको छ।

सर्वोच्च अदालतले तल्ला अदालतका निर्णय तथा प्रमाण अध्ययन गर्न मिसिल झिकाउने आदेश दिएपछि यो प्रकरणको न्यायिक प्रक्रिया थप चासोको विषय बनेको छ। यद्यपि मिसिल झिकाउने आदेशलाई दोषी ठहर वा थुनामुक्त गर्ने फैसला मान्न मिल्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।