काठमाडौँ उपत्यकाका अस्पतालमा अक्सिजन अभाव
काठमाडौँ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस (कोभिड–१९) बिरामीको भीड लागेको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिएका छन् । उनका अनुसार अब त अक्सिजनसमेत अभाव हुन थालेको छ । यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर कोरोना सङ्क्रमितको धेरै मात्रामा मृत्यु हुन सक्छ । बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए ।
एक कोरोना भाइरस सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा. राजभण्डारीले भने । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ ।