कोषमा योगदान आठ गुणा रकम बढ्यो
काठमाडौँ - सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान रकम चालू वर्षमा उत्साहजनक रूपमा बढेको छ । योगदानमा आधारित सामाजिक सुरक्षाको योगदान रकम गत वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा आठ गुणाले वृद्धि भएको पाइएको छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।
गत आर्थिक वर्षको पुषसम्म श्रमिकले ४३ करोड रुपैयाँ जम्मा गरेकोमा चालू आर्थिक वर्षको ६ महिनामा वृद्धि भएर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कोषमा योगदान गर्ने श्रमिक तथा कर्मचारीको संख्यामा वृद्धि भएसँगै योगदान रकम बढेको सामाजिक सुरक्षा कोषले जनाएको छ । गत वर्षको सो अवधिमा १ लाख ३६ हजार ८ सय ४७ सूचीकृत योगदानकर्ता रहेकोमा चालू आवमा सो संख्यामा ३६ प्रतिशत वृद्धि भएर १ लाख ८७ हजार १ सय ७ पुगेको छ ।
यसैगरी योगदान रकम पनि ४३ करोड १७ लाख ६२ हजार ७ सय ६ बाट ८ सय प्रतिशत वृद्धि भएर ३ अर्ब ८१ करोड ८१ लाख ७० हजार १३१ रुपैयाँ पुगेको छ । यसैगरी सूचीकृत रोजगारदाताको संख्या यो अवधिमा १२ हजार ३४ बाट ९ प्रतिशत वृद्धि भएर १३ हजार १ सय ४० पुगेको छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हालसम्म ८३ हजार ७ सय ६४ योगदानकर्ताबाट नियमित रुपमा योगदान वापत जम्मा भएको रकम ३ अर्ब ८१ करोड ८२ लाख पुगेको बताए । उनका अनुसार कोषले सञ्चालन गरेका विभिन्न सुविधा योजनाअन्तर्गत जम्मा १ हजार ७ सय ७७ योगदानकर्ता र निजका आश्रित परिवारका सदस्यहरूलाई करिब ३ करोड़ ९ लाख रकम दावी भुक्तानी समेत गरिसकिएको छ ।