काठमाडौँका चार अस्पतालद्वारा संक्रमितको उपचार गर्न नसक्ने घोषणा
काठमाडौं। कोरोना भाइरसका विरामी तीव्र गतिमा बढ्न थालेसँगै काठमाडौँका अस्पतालमा अक्सिजन ग्याँसको अभाव भएको छ । अक्सिजन ग्याँसको चरम अभाव भएकाले काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएको छ ।
मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको हो ।