अब अस्ट्रेलियामा विद्यार्थीले जतिपनि काम गर्न पाउने
काठमाडौँ । अब अस्ट्रेलियाले सबैखाले अन्तराष्ट्रिय विद्यार्थीको काम गर्न पाउने समयको हदबन्दी हटाउने भएको छ । यसअघि अष्ट्रेलियामा पढ्न आएका विद्यार्थीले करको दायरा भित्र रहेर सातामा २० घण्टा काम गर्ने सीमा तोकिएकोमा थियो ।
अबका दिनमा भने अर्को निर्णय नआएसम्म विद्यार्थीले जति घण्टा काम गरे पनि हुने भएको छन् । कोरोनाको कारण विद्यार्थीको आगमन ठप्प भएपछि होटल, रेष्टुरेन्ट र कृषिलगायतका क्षेत्रमा यतिबेला कामदारको अभाव भएकाले यस्तो निर्णय गरेको हो । यसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई निकै ठूलो राहत दिने विश्वास पनि लिईएको छ ।