रेलको चालक तथा सहचालक बन्न तोकियो शैक्षिक योग्यता
काठमाडौं। सरकारले रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला गर्न रेल सञ्चालन गर्न बनेको अध्यादेश २०७८ जारी गरेको छ। अध्यादेशमा मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिइ कम्तीमा माध्यमिक तह ( दश जोड दुई ) उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।
त्यस्तै मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक तालिम लिइ रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनेपर्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ।
त्यस्तै मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक तालिम लिइ रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनेपर्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ।









