बेलायतको स्थानीय निर्वाचनमा दुई गैरआवासीय नेपाली विजयी
काठमाडौँ । बेलायतमा स्थानीय निर्वाचनमा थप दुई गैरआवासीय नेपाली विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा अल्डरसट क्षेत्रमा जीव बेल्वासे र फार्नबरो चेरिवुडको नेम थापा काउन्सिलर पदमा निर्वाचित भएका हुन्। यसअघि गत मंगलबार हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित भएका थिए।
रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए। बेल्वासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो।यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरेका थिए। साथै विष्णुबहादुर गुरुङ बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीबाट काउन्सिलर पदमा निर्वाचित भएका हुन्।