बेत्रावतीमा सडक खुलाउँदै
असोज ७। भोटेकोशी बाढीपछि अवरुद्ध बनेको नुवाकोटको विदुर नगरपालिका–१० स्थित आगिंटारदेखि बेत्रावतीसम्मको सडक खुलाउन तीव्र गतिमा काम भइरहेको छ। गल्छी–रसुवागढी सडक योजनाको नेतृत्वमा नेपाली सेना, सडक विभागलगायतका निकायले आवश्यक प्राविधिक सहयोग गरिरहेका छन्। सडक खुलाउन दुईतर्फबाट करिब एक दर्जन हेभी उपकरण परिचालन गरिएको छ। बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन टोलीले निरन्तर काम गरिरहेको छ। सडक खुलेपछि स्थानीय बासिन्दा तथा यात्रुको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।









