अब सम्बन्धविच्छेद् गरेका र अविवाहित महिलाले पनि 'एकल महिला' भत्ता पाउने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा ऐनमा रहेको भत्तासम्बन्धी व्यवस्थालाई केही परिमार्जन गर्दै २०७८ मार्फत् एकल महिला भत्ताको क्षेत्र बढाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको सामाजिक सुरक्षा अध्यादेश २०७८ मा म्बन्धविच्छेद् गरेका र ४० वर्षसम्म अविवाहित महिलालाई पनि 'एकल महिला' भत्ता दिने निर्णय भएको छ।
विधवा वा सम्बन्धविच्छेद् गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलामध्ये न्यून आय भएका तथा पालनपोषण गर्ने परिवारको सदस्य नभएका र आर्थिक रुपले विपन्न भएका महिलाले असहाय तथा एकल महिला भत्ता पाउने व्यवस्था गरिएको हो ।