image

अस्पतालमा अक्सिजन अभाव, रोकियो विरामी भर्ना 

काठमाडौं, २५ वैशाख । चावहिलस्थित हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालले अस्पतालमा अक्सिजनको नियमित आपूर्ति असहज भएको बताउदै  विरामी भर्ना रोकेको छ । आजबाट  उक्त अस्पतालले विरामी भर्ना रोकेको जनाएको छ । अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित शैयामात्र सञ्चालनमा ल्याई सेवा प्रदान गरिने जनाएको छ ।


अस्पतालका कार्यकारी निर्देशक डा. हेमबहादुर लिम्बूले आज विज्ञप्तिमार्फत् कोरोना उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन ग्याँसको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण विरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सृजना भएको जनाएका छन् ।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।