न्यूनतम पारिश्रमिक बढाएको भन्दै निर्यात परिषद्को विरोध, निर्णय फिर्ता लिन माग
काठमाडौँ । नेपाल निर्यात परिषद् (इकोन) ले सरकारले न्यूनतम पारिश्रमिक बृद्धि गरेर १५ हजार पुर्याएकोमा असहमति जनाएको छ । निषेधाज्ञाका बेलामा सरकारबाट राहत तथा नीतिगत सहजीकरण हुनुपर्नेमा पारिश्रमिक बढेको भन्दै परिषद्ले विरोध जनाएको हो। परिषद्ले बिहीबार जारीगरेको विज्ञप्तिमा असहमति जनाएको हो ।
रोजगारदाता संघ संस्थाका प्रतिनिधिको सहमति बेगर राजनीतिक स्वार्थका लागि गरिएको यस्तो निर्णयले निजी क्षेत्र निराश बनेको भन्दै परिषद्ले यसबाट सरकारले निजी क्षेत्रलाई उपेक्षा, अपमान गरेको तथा सहकार्यको भावना विपरीत अगाडि बढेको जनाएको छ।