निषेधाज्ञामा ह्वातै घट्यो तरकारीको व्यापार
काठमाडौँ ।निषेधाज्ञा जारी गरेपछि कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी तथा फलफूलको व्यापार ह्वातै घटेको छ । ।निषेधाज्ञा अगाडिको तुलनामा अहिले ५० प्रतिशतले गिरावट आएको हो ।
निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो ।
त्यस्तै तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले नै कमि आएको छ । तरकारी कम आएको र तरकारी किन्ने पनि काम नै आउने गरेकाले मुल्य भने बढेको छैन ।